02:19PM
मंसिर १८ गते २०८२

सामसङको दशैं लक्षित भाग्यशाली योजनामा ९ जनाले जिते स्कुटर

असाेज २२ गते २०८०
2:32 pm
Author Avatar
आर्थिक मञ्च

सामसङ मोबाइलको दशैं लक्षित ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै १’ योजनाका विजेता घोषणा गरिएको छ । जसमा भाग्यशाली ९ विजेताहरुले ९ वटा १२५ सीसीको टीभीएस स्कुटर जितेका छन् ।

२ असोजदेखि १५ असोजसम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट ९ जना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले ग्राहकका लागि दशैं कन्सुमर प्रमोसन योजना सुरु गरेको कम्पनीको भनाइ छ । ३ कात्तिकसम्म लागु हुने यस योजनामा अझै पनि १३ वटा स्कुटर भाग्यशाली ग्राहकले जित्न सक्ने मौका बाँकी नै रहेको कम्पनीले जनाएको छ । सामसङ स्मार्टफोन वा सामसङ ट्याब खरिद गरी यो कार्यक्रममा भाग लिन सकिने कम्पनीको भनाइ छ ।

रिप्लाई गर्नुहोस