02:19PM
मंसिर १८ गते २०८२

वृज सिमेन्टले मिस वर्ल्ड २०२३ लाई प्रयोजन गर्ने

असाेज २० गते २०८०
3:29 pm
Author Avatar
आर्थिक मञ्च

विगत ७ वर्षदेखि वृज सिमेन्ट इन्डस्ट्रिज प्रा .लि ले प्रायोजकका रूपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

डिसेम्बर २०२३ मा भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्युटी विथ ए पर्पोज वृज सिमेन्टको सहभागिता रहने भएको हो ।

यो उपाधि नेपालले सन् २०१३, २०१८ / २०१९ मा जितिसकेको पनि छ । यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्युटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहनेछिन् ।

रिप्लाई गर्नुहोस