दराजको दसैँ लक्षित धमाका सार्वजनिक
दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दसैँ धमाका डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सक्नेछन् । असोज १७ बाट सुरु ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट रहेको छ ।
अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत रु १,५०० सम्म र क्रेडिट कार्डमा २० प्रतिशत रु २,००० सम्मको छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भउचर पनि प्राप्त गर्ने मौका पाउनेछन् ।