03:06PM
मंसिर १८ गते २०८२

दसैँ, तिहार तथा छठलाई लक्षित गरी आइएमई पेलेको आकर्षक उपहार

असाेज १५ गते २०८०
10:51 am
Author Avatar
आर्थिक मञ्च

डिजिटल वालेट ‘आइएमई पेले ले आउँदै गरेको दसैँ ,तिहार तथा छठलार्ई लक्षित गर्दै आइएमई पे डिजिटल दसैँ तिहार’अभियान सार्वजनिक गरेको छ।

हिजो असोज १४ गतेदेखि शुरु भएको अफर मङ्सिर ३ गते सम्म चल्ने छ । ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । यसैगरी हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । त्यस्तै अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताए ।

रिप्लाई गर्नुहोस