03:08PM
मंसिर १८ गते २०८२

सोनामका ब्रान्डमा ७० प्रतिशतसम्म छुट

असाेज १४ गते २०८०
2:36 pm
Author Avatar
आर्थिक मञ्च

गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले ‘यसपालिको चाड, सोनामको साथ’ नामक छुट योजना सार्वजनिक गरेको छ । छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म छुट दिने जनाएको छ । अफर असोज ११ गते देखि असोज २७ गते सम्म लागू हुने जनाइएको छ ।

कम्पनीका सबै छुट आउटलेटमा लागू गरिएको विज्ञप्तिमा उल्लेख छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

काठमाडौ उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड तथा बुटवल र सुर्खेतमामा सोनामका सोरुम छन् ।

रिप्लाई गर्नुहोस