03:07PM
मंसिर १८ गते २०८२

गरिमा बैंकको विशेष टिकटक प्रतियोगिता

भाद्र २६ गते २०८०
2:02 pm
Author Avatar
आर्थिक मञ्च

नेपालीहरुको माहान पर्व हरितालिका तीजलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले तीज विशेष गीत सार्वजनिक गरेको छ । तीज विशेष गीतमा चर्चित लोकगीत गायक एवं सङ्गीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ ।

हरितालिका तीजलाई विशेष बनाउन बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरूमध्ये प्रथमलाई रु ३०,००० द्वितीयलाई रु २०,००० तृतीयलाई रु १०,००० र बाँकी ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

रिप्लाई गर्नुहोस