03:55PM
मंसिर १८ गते २०८२

सिडिएसीको सन्चालकमा दाहाल नियुक्त

भाद्र ४ गते २०८०
4:33 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौंः नेप्सेका साहयक प्रबन्धक तथा सुपरिवेक्षण प्रमुख गिरिराज दाहाल सिडिएसीको सन्चालकमा मनोनयन भएका छन । नेप्सेको उच्च तहको कर्मचचारी सिडिएसीको सन्चालकमा मनोनयन हुने व्यवस्था बमोजिम दाहाललाई आज सन्चालकमा मनोनयन गरिएको हो ।

सिडिएसीको नियामावली बमोजिम सन्चालकको कार्यकाल ४ वर्ष रहने व्यबस्था छ । व्यवस्थापन र कानुन विषयमा स्नाकोत्तर गरेका दाहालसङ्ग नेप्सेको बिभिन्न विभागहरुमा रही काम गरेको अनुभव छ । मेरो सेयारको सन्चालन तथा व्य्वस्थापन गर्ने आइपिओ भर्ने बाड्फाड गर्ने लगायत नेप्सेमा सुचिकृत २६० भन्दा बढी कम्पनीको शेयारको अभौतिकिकरण डिपोजिटरी गर्ने नेप्सेमा कारोबार भयका धितोपत्रको राफसाफ सेटल्मेन्टको काम सिडिसिले गर्दै आयको छ ।

कारीब ६० लाख डिम्याट खाता ५० लाख मेरो सेयार प्रयोगकर्ताको सन्चालन र व्यवस्थापान ११ अरब कित्ता सेयारको अभौतिकिकरण पनी सिडिएसीले गर्दै आयको छ। लगानिकर्ताहरुको धितोपत्रको खाता सन्चालन र व्यवस्थापान गर्ने भएको हुँदा सिडिएसिलाई शेयरको बैंक पनी भन्ने गरिन्छ ।

रिप्लाई गर्नुहोस