03:55PM
मंसिर १८ गते २०८२

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रम

श्रावण ११ गते २०८०
1:09 pm
Author Avatar
आर्थिक मञ्च

रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८० छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस कार्यक्रम २०७९ को एस.ई.ई. मा उत्तीर्ण भएका सम्पूर्ण मकवानपूर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी ल्याइएको हो । जसअनुसार एस।ई।ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको विद्यार्थीहरुलाई यस छात्रवृत्ति कार्यक्रममा सहभागी गराउने कम्पनीले जनाएको छ ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोस्रो हुनेलाई रु. ३५००, तेस्रो हुनेलाई रु. २५०० का साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

 

रिप्लाई गर्नुहोस