04:40PM
मंसिर १८ गते २०८२

नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

श्रावण २ गते २०८०
3:31 pm
Author Avatar
आर्थिक मञ्च

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सम्झौतामा राष्ट्रिय सहकारी बैंकमा आबद्ध सहकारीका सदस्यहरूले विभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सकिन्छ ।

नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

रिप्लाई गर्नुहोस