04:39PM
मंसिर १८ गते २०८२

शाइन रेसुंगा बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड

असार २६ गते २०८०
1:11 pm
Author Avatar
आर्थिक मञ्च

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा बैङ्क उत्कृष्ट हुँदै अवार्ड जित्न सफल भएको हो ।

इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र नेपाल गरी ६ देशका बैङ्क तथा वित्तीय संस्थाहरूले अवार्डका आवेदन दिएका थिए ।

अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सूचकहरूमा उत्कृष्ट भएको थियो ।

रिप्लाई गर्नुहोस