04:38PM
मंसिर १८ गते २०८२

अब अनलाइनबाटै सवारी लाइसेन्सको राजस्व

असार २५ गते २०८०
11:49 am
Author Avatar
आर्थिक मञ्च

सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको हो । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुमा विस्तार गरिने जनाइएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्रीले अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ गरेका हुन् । अब लिखित र ट्रायल परीक्षामा पास भएकाहरुले अनलाइनबाटै राजस्व तिर्न सक्छन् । इसेवा, खल्ती लगायत वालेटमार्फत राजस्व भुक्तानी गर्न सकिने छ ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले सेवा लिन लाइन बस्नैपर्ने अवस्था हटाउन अनलाइन सेवा थालिएको बताएका छन् ।

रिप्लाई गर्नुहोस