४० करोड बढिको यार्सागुम्बा निर्यात

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट ४० करोड रुपैयाँभन्दा बढिको यार्सागुम्बा निर्यात भएको छ । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात साउनदेखि जेठ महिनासम्मको अवधिमा उक्त मूल्य बराबर यार्सागुम्बा बिभिन्न देशहरुमा निर्यात भएको हो । उक्त अवधिमा नेपालबाट ६०० किलो भन्दा बढी यार्सागुम्बा निर्यात भएको छ । हाल जसअनुसार नेपालबाट विश्वका एक दर्जन मुलुकहरुमा यार्सागुम्बा निर्यात भइरहेको पाईन्छ ।
जसमा हङकङ, कम्बोडिया, भियतनाम, सिंगापुर, चीन, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, मलेसिया, बेलायत र अमेरिका आदि देशहरुमा ४० करोड भन्दा बढी रुपैयाँको ६०० किलो भन्दा बढी यार्सागुम्बा निर्यात भएको छ ।
