एनएमबि बैंकको एनएमबि खेती कर्जा

एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा बिना धितो एनएमबि खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ भएको छ । यस कर्जामा किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन् ।
किसानहरूले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरू खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन् । कर्जा प्राप्त गर्न अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेस गर्नुपर्ने झन्झट बेहोर्नुपर्ने हुँदैन । यो कर्जा पूर्णपुरमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्याङ्कन गरेर स्वीकृति गरिनेछ भने ग्राहकहरूले ३ महिना देखि २४ महिनासम्मको कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि पु:न अर्को कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
यस एनएमबि खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरूले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्दछ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरु जस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्नेछ ।
