04:07AM
असार १६ गते २०८२

कोशी प्रदेशमा कार्कीले पाएनन् विश्वासको मत

असार १५ गते २०८०
1:59 pm
Author Avatar
आर्थिक मञ्च

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो ।

बैठकमा ८९ प्रदेश सभा सदस्य उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ ।

अब कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।

रिप्लाई गर्नुहोस