07:18AM
जेठ १ गते २०८२

आज असार पन्ध्र कृषिमन्त्री धान रोप्न खुमलटारमा

असार १५ गते २०८०
11:37 AM
Author Avatar
आर्थिक मञ्च

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी हुनुभएको छ । खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी हुनुभएको हो ।

कृषि विभागले आयोजना गरेको महोत्सवमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गरेका हुन् । मन्त्री भुसालले सुरु गरेको क्षेत्रमा साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले जानकारी दिए ।

रिप्लाई गर्नुहोस