07:03PM
चैत्र २ गते २०८१

सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा सेवा सुचारु हुने

असार १३ गते २०८०
6:33 PM
Author Avatar
आर्थिक मञ्च

आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिनुभएको छ ।


स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रूपमा सञ्चालन हुन नसकेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले बताउनु भयो ।


बसौलाले आउने आर्थिक वर्षको प्रथम त्रैमासिकमा सबै स्थानीय तहमा बीमा सेवा सुचारु हुने जनाउनु भएको छ । सथै निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभई आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्ने गरी कन प्रभावकारी रूपमा काम गर्न आवश्यक नीति, नियम बनाउनु पर्ने आवश्यक रहेको धारण व्यक्त गर्नुभएको छ ।

रिप्लाई गर्नुहोस