गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाने

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ मंगलबार चीन भ्रमणमा जाने भएका हुन् । मंगलबार सात सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने भएका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् । चीन भ्रमणमा श्रेष्ठसँग गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहने जनाईएको छ । श्रेष्ठ ४ दिन चीनमा रहने र त्यसपछि नेपाल फर्किने कार्यक्रम रहेको बताईएको छ ।
