03:25PM
चैत्र १४ गते २०८१

विश्वकप छनोट खेल अन्तर्गत नेपाल अगाडि

असार ७ गते २०८०
2:02 PM
Author Avatar
आर्थिक मञ्च

आईसीसी एकदिवशीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।

पावर प्ले १० ओभरको समाप्तीमा वेष्ट इण्डिजले २ विकेट गुमाएर ३० रन बनाएको छ । दुईपल्टको विश्वविजेता वेष्ट इण्डिजका ब्याटरहरुलाई अहिलेसम्म विश्वकप नखेलेका नेपालका बलरहरुले तल पारेका छन् ।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे ।

अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले करण केसीको ४ विकेट सहयोगमा २०७ रनमा रोकेको थियो । जवाफमा भीम सार्कीले ७७ रनको अविजित पारी खेलेपछि नेपालले ४३ ओभरमै लक्ष्य भेट्टाएको थियो ।

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

रिप्लाई गर्नुहोस