10:54PM
चैत्र १३ गते २०८१

दुर्घटनामा सुदूरपश्चिम कानुनमन्त्रीको निधन

असार ५ गते २०८०
6:44 PM
Author Avatar
आर्थिक मञ्च

बझाङमा भएको गाडीको दुर्घटनामा परि घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका कानुन तथा आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
दुर्घटनामा परि उहाँसँगै तीन जनाको निधन भएको छ । मन्त्रीसँगै जीपमा सवार मन्त्रीकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा निधन भइसकेको थियो ।
मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरीले जानकारी दिएको छ ।
साथै गाडी चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगन्जमा उपचार भइरहेको छ ।

रिप्लाई गर्नुहोस