मधेश प्रदेशले आज बजेट ल्याउँने

मधेश प्रदेशले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँने भएको छ । आज बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री यादवले बजेट प्रस्तुत गर्ने भएका हुन् ।
चालू आर्थिक वर्षका लागि २०७९/८० मा ४६ अर्ब ९१ करोड भन्दा बढी बजेट रहेको थियो भने अहिले शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ,भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर कूल ३५ अर्बको बजेट ल्याउन लागेको बताईएको छ ।
