09:59PM
माघ ३० गते २०८१

सामसङ ग्यालेक्सी एफ-५४ नेपाली बजारमा

जेठ ३१ गते २०८०
8:40 AM
Author Avatar
आर्थिक मञ्च

सामसङले ग्यालेक्सी एफ५४ स्मार्टफोन (5G) नेपाली बजारमा ल्याएको छ । मोबाइलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन रहेको छ ।

६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरी यो मोबाइलमा उपलब्ध छ ।

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।

अक्टा–कोर एक्सिनोस १३८० चिप सेट जडित ग्यालेक्सी एफ ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५ वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्नेछ ।

ग्यालेक्सी एफ ५४ २ सिल्भर र निलो कलरमा उपलब्ध छ । यसको ८ं२५६ जीबी भेरियन्टको मूल्य रु.५२,४९९ रहेको छ ।

रिप्लाई गर्नुहोस