राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या भएको छ । मुटुमा समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई मुटुमा समस्या भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको जनाईएको छ । आज बिहान भर्ना भई उहाँको थप उपचार भइरहेको बताईएको छ ।