कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो

कामना सेवा विकास बैंकको भोटाहिटी शाखा अन्र्तगत कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गत बिहीबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
बैंकले लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको बताईएको छ । उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको उक्त कार्यक्रममा सहभागीहरुलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरिएको बताइएको छ ।
