12:14AM
मंसिर १८ गते २०८१

बर्षेनीको बजेट र जनताको अपेक्षा

जेठ २४ गते २०८०
12:07 PM
Author Avatar
आर्थिक मञ्च

केशव नेपाल: बर्षेनी रुपमा आउने बार्षीक बजेट यो बर्ष पनि आएको छ । नयाँ नयाँ आयामको निकासको रुपमा कुरीरहेका सम्पुर्ण नेपालीको भलोको रुपमा बजेटले समेटेको छ त ?
देशमा गरिबी, वेरोजगारी, महंगी बढ्दो रुपमा रहेको छ । त्यस्तै राम्रो प्रकारको स्वास्थ्य, शिक्षा साथै मानिसका अति आवश्यक कुराहरुमा प्रतिनिधित्व गरिरहेको छैनकि भन्ने भान हुन्छ ।
देशमा रोजगारीको सिर्जना गर्न नसक्नुको कारण बर्सेनी युवाहरु बिदेशिन वाध्य रहेका छन् । बजेट ल्याउँदा पहिला छलफल तथा अन्र्तक्रिया गरेर त्यसलाई कार्यान्वयन गरेर बजेट निर्माण गरेको खण्डमा वा पुरानो सालको समिक्षा गरेर ल्याएको भए राम्रो हुने थियो होला ।
सरकारको बिज्ञताअनुसार बिज्ञहरुसँग सरसल्लाह गरेर बजेट ल्याउन अत्यन्त जरुरी हुन्छ । कमिसनखोरी, भ्रस्टचारको अन्त्य गरेर त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा सरकार लाग्नुपर्ने हुन जान्छ । बिकासको क्षेत्रमा वा न्यायपुर्ण ढंगले सम्पुर्ण रुपले जनताको आवश्यकता पहिचान रहजनताको भावना अनुसरको बजेट आउनु पर्ने साथै कार्यान्वयन समेत हुनुपर्ने हुन्छ ।
कृषि क्षेत्रलाई सहजिकरण अर्थात आयात भन्दा निर्यातको बाटो बढी खुल्नुपर्नेहुन्छ । चिया, कफी, ऊखु, स्याउ, केरा, साथै गाँजाको खेतीलाई बैधता दिई बहिरी मुलुकमा निर्यात बढाउन सकेको खण्डमा सम्पुर्ण कृषि छेत्रमा लागेका जनतालाई ठुलो सहयोग पुग्ने थियो ।

रिप्लाई गर्नुहोस