02:26AM
असार ३ गते २०८२

डिशहोम मिडिया नेटवर्कलाई आइएसओ प्रदान

जेठ १९ गते २०८०
9:52 am
Author Avatar
आर्थिक मञ्च

डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिकी गुणस्तर मापदण्ड रेजिटेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्कलाई आइएसओ प्रदान गरेको हो ।

स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरी रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ ।

डिशहोमले ग्राहकहरूलाई इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।

रिप्लाई गर्नुहोस