हिमालयन लाइफले एकीकृत कारोबार सुरु गर्यो

हिमालयन लाइफ इन्स्योरेन्सले आज मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । हिमालयन लाइफ गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ गाभिएर बनेको हो ।
धितोपत्र बोर्डबाट यही वैशाख १९ गते स्वीकृति प्राप्त गरेसँगै कम्पनी रजिस्टारको कार्यालयबाट २० गते स्वीकृति पाएको थियो । कम्पनीहरू आपसमा गाभिन सम्पूर्ण चल र अचल सम्पत्ति र तिर्नुपर्ने सम्पूर्ण कर हिमालयन लाइफले बेहोर्ने सहमतिसँगै मर्जरको स्वीकृत पाएका थिए ।
हिमालयन लाइफको मुख्य कार्यलय साविकको प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने समेत कम्पनीले नेप्सेलाई जानकारी दिएको छ । यससँगै, तीन कम्पनी गाभिएर बनेको हिमालयनले आजैदेखि एकीकृत कारोबार सुरु गरेको हो । मर्जरपछि हिमालयन लाइफको ७ अर्ब ७० करोड चुक्ता पूँजी कायम भएको छ ।