12:46AM
असार २१ गते २०८२

गुगलले फोल्ड गर्न मिल्ने फोन ल्याउँदै

वैशाख २५ गते २०८०
7:49 am
Author Avatar
आर्थिक मञ्च

गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ।

गुगलले ट्वीटरमा मे द फोल्ड बी विथ युु भन्ने वाक्यांशसहितको भिडियो टिजर पोस्ट गरेको छ। यसमा तेस्रो लेन्स पेरिस्कोप लेन्स हो, जुन सामसुङ ग्यालेक्सी एस२३ अल्ट्रामा पनि पाइन्छ। सीएनबीसीको रिपोर्टमा यो फोनको मूल्य ग्यालेक्सी जेड फोल्ड ४ जस्तै हुने दाबी गरिएको छ। यो गुगल फोन १.५५ लाख भारतीय रुपैयाँमा लञ्च हुने अपेक्षा गर्न सकिन्छ ।

भिडियोमा गुगलको पहिलो फोल्डेबल स्मार्टफोनमा ट्याब्लेट जस्तो डिस्प्ले देखिन्छ। रिपोर्टका अनुसार गुगल पिक्सेल फोल्डमा ५.८ इन्चको डिस्प्ले पाउन सकिन्छ, जुन खोल्दा ७.६ इन्चको ट्याब्लेट जस्तै हुन्छ।

रिप्लाई गर्नुहोस