01:23PM
असार २ गते २०८१

पोखरीमा डुबेर जुम्ल्याहा बालकहरुको मृत्य

वैशाख २४ गते २०८०
9:30 AM
Author Avatar
आर्थिक मञ्च

जनकपुरधाममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । शनिबार साँझ करिब सवा ७ बजेको समयमा नुहाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरीको टोलीले उनीहरूलाई पोखरीबाट निकालेको थियो । प्रहरीले पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगे पनि चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेका थिए ।उनीहरूको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस