12:19AM
असार ३१ गते २०८२

आज विश्व प्रेस स्वतन्त्रता दिवस

वैशाख २० गते २०८०
5:56 am
Author Avatar
आर्थिक मञ्च

आज विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस भन्ने उदेश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइँदै छ ।

‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरी प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।

सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक बर्ष यो दिवस पत्रकारहरुले उत्सवको रुपमा मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

रिप्लाई गर्नुहोस