डाबर नेपालले थप लगानी गर्ने

लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट ‘बिजनेश हेड’ हरकिरतसिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
उद्योगको क्षमता वृद्धि तथा उत्पादन विविधकरणको लागि बोर्डको ४९औँ बैठकले २०७८ माघ २५ को बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपालले पेश गरेको क्षमता वृद्धिसम्बन्धी परियोजना प्रस्तावअनुसार रु नौ अर्ब ६८ करोड थप लगानी गर्नेछ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनःलगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास र व्यवसाय विस्तारको प्रचुर स्म्भावनालाई उजागर गरेको बताए ।
