09:52PM
चैत्र १३ गते २०८१

चितवन-२ मा रवि लामिछाने विजयी

वैशाख १२ गते २०८०
6:58 AM
Author Avatar
आर्थिक मञ्च

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।

चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

रिप्लाई गर्नुहोस