तिन इन्स्योरेन्सको मर्जर प्रस्ताव

युनियन लाइफ इन्स्योरेन्सको भैरहवामा सम्पन्न भएको सभाले युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी अन्तिम प्रस्तावहरूलाई पारित गरेको छ ।
मर्जर पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।
तिनबटै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता पत्र, सहमतपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरूको अनुमोदन गर्ने निर्णय भएको छ ।