11:47PM
चैत्र १३ गते २०८१

एम बैंक र आईएमई पे बीच सम्झौता

चैत्र २४ गते २०७९
11:46 AM
Author Avatar
आर्थिक मञ्च

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आईएमई पे र एम बैंक बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा आईएमई पेको तर्फबाट अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका हुन् ।

एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आईएमई पे वालेटमा रकम लोड, आईएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुने आईएमई पेले जनाएको छ ।

रिप्लाई गर्नुहोस