प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच एक सम्झौता भएको छ । जसमा व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पुँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको छ ।
प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीहरूलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्नुका साथै विद्यार्थीहरूको आवश्यकता बमोजिम पुँजी बजार सम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
