09:39PM
असार ९ गते २०८२

चन्द्रागिरि हिल्सको नयाँ वर्ष योजना

चैत्र २३ गते २०७९
7:26 am
Author Avatar
आर्थिक मञ्च

नयाँ वर्ष २०८० को अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ ।

यसमा चन्द्रागिरि हिल्स लिमिटेडका शेयर धनीहरूले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्रीफलजम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यो छुट सुविधा लिनको लागि शेयर धनीहरूले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने छ ।

रिप्लाई गर्नुहोस