सिटिजन्स बैंकका ग्राहकहरूलाई दृष्टि आई केयर सेन्टरमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल र कलंकीस्थित दृष्टि आई केयर सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने भएको छ। सिटिजन्स बैंकका कार्डबाहकहरूले दृष्टि आइ केयरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बताइएको छ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
