शुभ लक्ष्मी कोषको एसआईपीरयुनिट पर्चेजको भुक्तानी सेवा इसेवाबाटै

लक्ष्मी कोष अन्तर्गत लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी व्यवस्थित लगानी योजना र युनिट खरिद दुवै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।
इसेवा एप तथा वेबपेजमा रहेको फाइनन्सियल सर्भिस भित्र गएर इन्भेस्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फन्डको एसआईपीरयुनिट पर्चेज खरिद गर्न सकिने छ ।
साथै इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी(सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा आबद्ध नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।
