07:39AM
जेठ १ गते २०८२

फोनपे र सुलभपेबीच भुक्तानीसम्बन्धी सम्झौता

चैत्र २१ गते २०७९
9:29 AM
Author Avatar
आर्थिक मञ्च

नेपालको फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभ पे एनक्या वालेटबीच सहकार्य सुरू भएको छ । एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे एनक्यासका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे ।

योसँगै सुलभ पेको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको कम्पनीको दावी छ । एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको र फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनीय स्तरको सुविधा प्रदान गर्ने बताइएको छ ।

रिप्लाई गर्नुहोस