भारतबाट घटेर आयो इन्धनको मूल्य
भारतीय आयल निगम आईओसीबाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसमा डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगम अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर प्राप्त भएको छ ।
घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ । बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो ।
सरकारले ६ अर्ब ५० करोड ऋण र भारतीय आयल कर्पोरेसनको ८ अर्ब बक्यौता अझै बाँकी रहेको निगमका आर्थिक विभागले जनाएको छ ।
