आईएमईका साझेदार एजेन्ट्स मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट

आईएमई लिमिटेड तथा आईएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।
देशभरि छरिएर रहेका आईएमईका हजारौं साझेदार एजेन्ट्ससँग यात्रुहरुले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने आईएमई ग्रुपले जनाएको छ ।
आईएमई अनुसार साझेदार एजेन्टहरुले ‘आईएमई(एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाएको छ ।
