जलविद्युत आयोजनाको हेडवर्कमा क्षति

दोलखाको गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना ११ मे।वा। को हेडवर्क साइटमा तोडफोड भएको छ । चैत १४ गते राति एक समूहले तोडफोड गरेर करिब २५ लाख रुपैयाँ बराबरको क्षति गराएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोजनालाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुका साथै घाइते हुनुभएका आयोजनाका कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत ईप्पान स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ ।’
संस्थाले परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ ।
