बेलायतको प्रतिनिधिले एनएमबि बैंकको भ्रमण गरे
ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्यहरुले एनएमबि बैंकको भ्रमण गरेका छन् ।
एनएमबि बैंकको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टसँगको सहकार्यमा भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासबारे भ्रमण टोलीले जानकारी लिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमण टोलीलाई बैंकको दिगो बैंकिङ अभ्यास कार्यान्वयन पश्चात भएको प्रगति विवरणबारे जानकारी गराएका थिए ।
भ्रमणमा सहभागी प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
