08:54AM
वैशाख १५ गते २०८२

रानीपोखरी सर्वसाधारणका लागि खुला भयो

चैत्र १० गते २०७९
8:05 AM
Author Avatar
आर्थिक मञ्च

रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाले जनाएको हो ।

महानगरका अनुसार रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट मान्छेहरु रानीपोखरीमा जान थालेका छन् ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

रिप्लाई गर्नुहोस