03:02PM
चैत्र १४ गते २०८१

पोखरमा होटल पौवाको ११औं शाखाको सेवा प्रारम्भ

चैत्र ९ गते २०७९
7:55 AM
Author Avatar
आर्थिक मञ्च

होटल पौवा प्रालीले सुन्दर पर्यटकीय सहर पोखराको लेकसाईडमा आफ्नो सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित पौवाले नेपालकै पर्यटन गन्तव्यको क्षेत्र पोखराको लेकसाइडमा ११औं शाखा सञ्चालन गरेको हो ।

पौवाको ११औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उद्घाटन गर्नेछन् । शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।

‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ तर पनि हामी यो चुनौतीलाई अवसरको रुपमा परिणत गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ ज्ञवालीले भने ।

रिप्लाई गर्नुहोस