दराजले सुरु गर्यो सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी

नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ दराजले Samsung Galaxy m04 को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्।
सामसुङ ग्यालेक्सी एम०४ सामसुङको स्मार्टफोन हो । जसमा 1TB सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५,००० MAH ब्याट्री र ६.५ से. मी. ९६.५ HD+ को डिस्प्ले रहेको छ । यसको अर्को विशेषता भनेको एक यसको RAM विस्तार गर्न सकिन्छ ( तोकिएको ४ GB RAM लाई भर्चुअल RAM(RAM PLUS) मार्फत ८ GB सम्म बढाउन सकिन्छ।
सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ GB र ४/१२८ GB मा प्राप्त गर्न सकिन्छ र यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिनेछ । सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरूस सी ग्लास ग्रीन र शैडो ब्लूमा आउँछ।
