08:20AM
जेठ १ गते २०८२

प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा

फागुन २३ गते २०७९
8:26 AM
Author Avatar
आर्थिक मञ्च

सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ । होली लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियर भन्दा नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ ।

फर द वन हु डेयरस् नारामा लन्च भएको सो बियरमा ६% अल्कोहल रहेको कम्पनी ले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनी लिएको छ ।

हिमालयन बियर ३३० एम.एल. र ६५० एम.एल. बोतलमा उपलब्ध हुनेछन् । यस बियरको ६५० एम.एल.को बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एम.एल.को बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ ।

रिप्लाई गर्नुहोस