08:39PM
असाेज ४ गते २०८३

आज शेयर बजार दोहोरो अङ्कले बढ्यो

भाद्र २९ गते २०८३
4:18 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २५.५५ अङ्कले बढेर २ हजार ५८५ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स, निर्जीवन बीमा समूह डेढ प्रतिशतले उकालो लागेको छ ।आज २२६ वटा कम्पनीको शेयर बढेकोमा ४७ वटाको घटेको छ । यस्तै माईखोला हाइड्रोपावर र नारायणी विकास बैंकको शेयर भने घटबढ भएको छैन ।

आज इन्फिनिटी लघुवित्त र त्रिशूली जलविद्युत्को शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको शुक्रवार ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३३६ वटा कम्पनीका १ करोड १५ लाख कित्ता शेयर ४ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस