राष्ट्रपतिसमक्ष डा. मनोजकुमार शर्माले लिए प्रधानन्यायाधीशको शपथ
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश पदमा अनुमोदित भएपछि डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शर्माको आजै सर्वोच्च अदालतमा पदभार ग्रहण पनि हुनेछ । शर्माको शपथपछि सर्वोच्च अदालतमा स्वागत गर्ने तयारी छ । सर्वोच्चमा पदबहालीपछि शर्माले पत्रकारलाई लिखित सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।