10:52PM
वैशाख २२ गते २०८३

शेयर बजार आठ दशमलव ७८ अंकले बढ्यो

वैशाख २२ गते २०८३
7:52 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । हप्ताको दोस्रो कारोबार दिन शेयर बजार आज सामान्य अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७८ अङ्कले बढेर २७१२.८६ विन्दुमा कायम भएको छ । शेयर बजार पाँचौ कारोबार दिन बढेको हो ।आज माइक्रोफाइनान्स बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ । आज २४० वटा कम्पनीको शेयर घटेकोमा २७ वटा कम्पनीको बढेको छ । रसुवागढी हाइड्रोपावर र स्वरोजगार लघुवित्तको शेयर भने घटबढ भएको छैन ।

आज ३ सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ ७७ पैसाको बराबरको कारोबार भएको छ । जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फन्ड ०.४४ र अन्य समूह ०.०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क ०.०४, वित्त ०.१२, होटल तथा पर्यटन ०.०५, लघुवित्त ०।१ र निर्जीवन बिमा समूह ०.१२ प्रतिशतले घटेको छ ।

रिप्लाई गर्नुहोस