05:01PM
चैत्र २४ गते २०८२

रेखा शर्मालाई रिहा गर्न अदालतको आदेश

चैत्र २२ गते २०८२
8:17 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले नेतृ एवं लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले आइतबार प्रदेश सांसद शर्मालाई रिहा गर्न आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते निर्णय भइसकेको बताउँदै काठमाडौं जिल्ला अदालतले शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको हो।

हान्यायाधिवक्ताको कार्यालयबाट निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुनमै राखी मुद्दा गर्नुपर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नू, आदेशमा भनिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले शर्मालाई गत आइतबार पक्राउ गरेको थियो। एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा उनी पक्राउ परेका थिए। बालिकालाई बालश्रममा राखेको पाइएपछि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो।

रिप्लाई गर्नुहोस